दफा ४५
अमानतबाट काम गर्न वा गराउन सकिने
(१) सामान्य प्रकृतिको मरमत सम्भार, सानातिनानियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतबाट काम गर्न वा उपभोक्ता समितिबाट काम गराउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम काम गर्दा वा गराउँदा पूरा गर्नु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।